विदेशी मुद्रा सञ्चिति झण्डै २१ खर्ब रुपैयाँ पुग्यो

काठमाण्डाैँ – नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षकाे पहिलाे महिना साउनमा विदेशी मुद्रा सञ्चिति २ दशमलव ५ प्रतिशतले बढेकाे छ । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियाे ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो । यसले १६ महिना ७ दिनको वस्तु आयात र १३ महिना ५ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै चालू आर्थिक वर्षको पहिलो महिनामा कुल आन्तरिक कर्जा शून्य दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा कर्जा २ दशमलवले ३ प्रतिशतले घटेको थियो ।
यस्तै साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४३ अर्ब ४५ करोड रुपैयाँ अर्थात् शून्य दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा निक्षेप १ खर्ब ३३ अर्ब २४ करोड अर्थात् २ दशमलव ३ प्रतिशतले घटेको थियो ।

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_eqStvE1MC1_urufyynqc5cwxhiyplmfckylqblalns6hy51sto6862rtovljjatujhsbr89.png)
प्रतिक्रिया