वालिङ महिला लिगको दोस्रो चरणमा प्रवेश
काठमाडौँ - वालिङ नगरपालिका काठमाडौंमा जारी एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै वालिङ शीर्ष पाँचमा रहन सफल हुँदै दोस्रो चरण प्रवेश गरेको हो ।
वालिङको जितमा सुक्रिया मियाले खेलको छैटौँ मिनेट र ज्याक्लीन नासालीले ३६ औं मिनेटमा गोल गरेकी थिइन् । चन्द्रपुरका लागि एकमात्र गोल सुनिता सुनारले ५० औं मिनेटमा गरेकी थिइन् ।
जितसंगै वालिङ ९ खेलमा १५ अंकका साथ चौथो स्थानमा कायमै छ चन्द्रपुर समान खेलमा ८ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ ।
यसअघि नै विभागीय टोलीहरु एपिएफ, आर्मी र नेपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । पहिलो चरणमा शीर्ष ५ मा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछन् ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया