आइतबारबाट ‘एनआरएन द सिंगर’को डिजिटल अडिसन सुरु

काठमाडौँ : विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिंगर’को अडिसन आइतबारबाट सुरु भएको छ । आइतबार संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले भर्चुअल रुपमा प्रतिस्पर्धाको उद्घाटन गर्दै अडिसन सुरु भएको जानकारी गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले भने, ‘यो कार्यक्रम विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।’ प्रिअडिसनपछि नेपाली टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही इपिसोडहरू नेपालमा पनि हुने आयोजकले जनाएको छ ।
निर्णायक समितिका प्रमुख निर्णायक शम्भुजित बास्कोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक सांगीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त्त गरे । कार्यक्रममा निर्णायक शम्भु राई, आइसीसी सदस्य तृष्णा शर्मा लगायतले शुभकामना दिएका थिए । डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाहरू पहिचान गर्ने उद्देश्यले टे ‘एनआरएन द सिंगर’ सुरू गरेको हो ।
कार्यक्रममा पहिलो हुनेले १५ लाख रुपैयाँ, दोस्रो हुनेले ७ लाख रुपैयाँ र तेस्रो हुनेले ४ लाख रुपैयाँ पाउने आयोजकले जनाएका छन् । प्रतियोगितामा सहभागी हुन चाहाने गायकले ‘एनआरएन द सिंगर’ नामको मोबाइल एपमा डाउनलोड गरेर त्यसैमा आफ्नो गीतको भिडियो राख्नुपर्ने छ । एपमा भिडियो फाइल र त्यसको लिंक पनि राख्न सकिने आयोजकले जनाएको छ ।
‘खोजी : एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया