एनएमबि बैंकद्वारा ‘एनएमबि नेस्टजेन बैंकिङ लिडर्स स्कलरसीप’ घोषणा

काठमाडौँ- एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेस्टजेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा गरेको छ । बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यार्थीहरूमा अग्रिमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।
विद्यार्थीहरूलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने शीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरू उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य एनएमबि बैंकले लिएको छ ।
दि फिनान्सियल टाईम्स, लण्डनको 'द ब्यान्कर' पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि 'बैंक अफदिइयर एसिया २०२१' को उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ ।

भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापा

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्…

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

प्रतिक्रिया