प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सैनिकको अवस्था बारे जानकारी

काठमाडौँ- प्रधान सेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिएका छन् ।
छलफल तथा अन्तर्क्रियाको क्रममा युएन मिसनका फोर्स कमान्डर, युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर र सिनियर नेशनल अधिकृतहरूले विशेष गरी लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमहरूको बारेमा प्रधान सेनापतिलाई जानकारी गराएका थिए ।
सोही क्रममा प्रधान सेनापतिले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिए । उनले प्रतिकुल अवस्थामा समेत नेपाली शान्ति सैनिकहरूले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गरे ।
हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न

सिरहामा एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटे बाघहरु नामकरण गरिए

एनआइएमबी बैंकबिरुद्धको एनभिएको आन्दोलनमा सम्पुर्ण इन्जिनियरिङ्ग संघसंस्थाहरुको…

प्रतिक्रिया