बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु- आयल निगम

काठमाडौँ - नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको छ ।
च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको अवस्थामा रहेको सो ग्याँस बुलेटमा ग्याँस लिक भएर सकिएको भएपनि नजिक नजान निगमले आग्रह गरेको छ । निगमले उक्त ग्याँस बुलेट सो स्थानबाट नहटाएसम्म नजिक नजान र अग्निजन्य पदार्थ प्रयोग नगरिदिन आग्रह गरेको छ ।
सो ग्याँस बुलेट भ्याली अटो ग्याँस प्रालिमा रहेको अवस्थामा बगाएको जानकारी दिएको छ ।
शनिबार बिहान सो ग्याँस बुलेटलाई बाढीले बगाएपछि ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरू त्रसित बनेका थिए ।

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न

सिरहामा एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटे बाघहरु नामकरण गरिए

एनआइएमबी बैंकबिरुद्धको एनभिएको आन्दोलनमा सम्पुर्ण इन्जिनियरिङ्ग संघसंस्थाहरुको…

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पुर्पक्षका लागि जेल चलान

सिरहामा ८० वर्षीय वृद्धको हत्या

प्रतिक्रिया