राहत तथा उद्धारमा खटिन अखिलको आग्रह

काठमाडौँ - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले देशभरको जनजीवन कष्टकर बन्न पुगेकाले मातहतका निकायलाई राहत तथा उद्धारमा खटिन आग्रह गरेको छ ।
अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुरक्षित रहँदै राहत तथा उद्धारमा खटिन मातहतका कमिटीलाई आग्रह गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “यस विपद्को घडीमा अनेरास्ववियुका विभिन्न जिम्मेवारीमा रहनुभएका नेता–कार्यकर्ताहरुलाई आ–आफ्नो ठाउँमा सुरक्षित तवरले राहत तथा उद्धार कार्यमा तत्काल परिचालन हुन निर्देशित गर्दछौं ।”
ठूलो जनधनको क्षति भएको, सडक सञ्जाल अवरुद्ध हुँदा हजारौं यात्रुको बिचल्ली भएको, पठनपाठन तथा सञ्चार सेवा अवरुद्ध भएकाले बाढी, पहिरो र डुबानमा परि बेपत्ता भएकाको तिव्रताका साथ खोजी गर्न, घाइते र विपद्मा फसेकालाई तत्कालै उद्धार गर्न अनेरास्ववियूले माग गरेको छ ।
अनेरास्ववियुले उद्धार तथा राहत कार्यमा खटिने प्रतिबद्धता जनाउँदै कार्यवाहक अध्यक्ष गिरीको संयोजकत्वमा खेलकुद तथा स्वयंमसेवक विभाग प्रमुख अमित महर, कोसी प्रदेशमा अध्यक्ष जिबी गजल, मधेश प्रदेशमा अध्यक्ष आरपी अधिकारी, बागमती प्रदेशमा अध्यक्ष एलबी बुढा, उपत्यका विशेष बागमती प्रदेश कमिटीमा अध्यक्ष विशाल न्यौपाने, गण्डकी प्रदेशमा अध्यक्ष प्रविन श्रेष्ठ, लुम्बिनी प्रदेशमा अध्यक्ष सन्तोष बाठा, कर्णाली प्रदेशमा राजेश ओली र सुदूरपश्चिममा मनोजराज राईलाई खटाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया