लगातारको वर्षाले कालीगण्डकी कोरिडोर अवरुद्ध

नवलपरासी - कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाले बौदीकाली गाउँपालिकाको मचेडी देउँसी खोल्सी र ठूलो खोलामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
गैँडाकोट नगरपालिका–३ च्यान डाँडामा सालको रुख ढलेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुकबहादुर गुरुङले बताए । अहिले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसकिएको बताउँदै वर्षा रोकिएपछि सडक सञ्चालन गरिने उनले जानकारी दिए ।
कालीगण्डकी कोरिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
लगातारको वर्षाले विभिन्न ग्रामीण सडक अवरुद्ध हुनुका साथै समथर भूभागमा डुबान र सडक कटान जोखिममा परेका प्रहरी सहायक निरीक्षक गुरुङले बताए ।
जिल्लाको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा डुबानका कारण एउटा परिवार विस्थापित भएका प्रहरी सहायक निरीक्षक भरत थापाले बताए । स्थानीय दुर्गा देवकोटाको घर डुबानमा परेपछि उद्धार गरी अन्यत्र सारिएको उनले उल्लेख गरे ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया