एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तीन जनाको शव भेटियो

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन् ।
एन्फाले मकवानपुरको इन्द्रसरोवर गाँउपालिका-३ स्थित वात्सल्यदेवी उच्च मा.वि. मा सञ्चालन गरिरहेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रमा रहेका ६ जना खेलाडीहरू क्रमश: दिवस बाँनिया, प्रियान्स आचाय, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी, आदिप्य वालमपाकी शनिबार बिहान करिब ६: ३० बजे उक्त स्थानबाट अन्यत्र तर्फ लाग्ने क्रममा पहिरोमा परेको जानकारी दिएको छ ।
बेपत्ता ६ मध्ये तीन जनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिएका छन् ।
एन्फाले यस प्राकृतिक विपत्तिका क्रममा दुर्घटनामा परि सम्पर्कविहीन भएका खेलाडीहरूको खोजी कार्य जारी रहेको र उक्त स्थानमा रहेका अन्य खेलाडीहरू हाल सुरक्षित स्थानमा राखिएको जानकारी गराएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया