घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य संस्थाहरूले विपद्बाट उद्धार गरिएका घाइते र बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी गराउनुभयो । प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ ।
प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ ।
हब तथा स्याटेलाइट अस्पताल सञ्जालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रतिकार्य गर्नसमेत अनुरोध गरिएको छ । स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई चौबिसै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्तिन सक्ने पानीजन्य रोगहरू पखाला, हैजा तथा कीटजन्य रोगहरू डेङ्गी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान अनुरोध गरिएको छ ।
मन्त्रालयले आपत्कालीन अवस्थामा आइपरी स्वास्थ्य संस्थामा जानु परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको हटलाइन १०२ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

प्रतिक्रिया