डा. शेखरले भने: विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षामा सरकार गैह्रजिम्मेवार बन्यो

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विपत व्यवस्थापन र नागरिकको जिउ धनको सुरक्षा गर्ने कुरामा सरकार उदासीन देखिएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस सल्यान-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको "शुभकामना आदानप्रदान कार्यक्रम" लाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले राजधानीमै हेर्दाहेर्दै र देख्दादेख्दै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप समेत लगाए ।
सरकार भनेको केवल कुर्सी र पद मात्रै नभएको भन्दै कोइरालाले प्रश्न गरे- "मन्त्री क्वार्टरकै छेउबाट नागरिक बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?"
देशका प्राय सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको बताए ।
उनले अगाडि थपे,"जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम संकटमा छन् । तर राज्य कहाँ छ यतिबेला ?"
मौसम पूर्वानुमान विभागले केही दिन देखी नै यतिबेला भारी वर्षा हुन्छ भनेपनि सरकारले त्यसको लागि सरकारले आवश्यक नगर्दा मानवीय क्षति भएको कोइरालाको भनाई छ ।
सरकारको यो चरम लापरबाही भएको उनको ठम्याइ छ । कोइरालाले यस विपत्तिको घडीमा कांग्रेस पार्टीका हरेक तहका नेताहरूलाई उद्धारमा जुट्न समेत आग्रह गरे ।

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रचण्डको ब्रिफिङ : शिक्षक, निजामति, चिकित्सक र लघुवित्त पीडितको समस्या सरकारला…

प्रतिक्रिया