बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

झ्याप्ले खोलामा पहिरोमा पुरिएका १४ जनाकाे शव निकालियो

सांकेतिक फोटो

काठमाडौँ - धादिङ र काठमाडौँको सीमा झ्याप्ले खोलामा पहिरोमा पुरिएका १४ जनाकाे शव निकालिएको छ । नेपाल प्रहरीका केन्द्रीय सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले १४ जनाको शव निकालिएको जानकारी दिए ।

पहिरोमा पुरिएको बसबाट शव निकालिएको उनले बताए । कहाँबाट आउँदै वा जाँदै गरेको बस भन्ने एकिन भइनसकेकाे प्रहरीले जनाएको छ ।