सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ

भक्तपुर  : दोलखाको बैतेश्वर गाउँपालिका-४ स्थायी घर भइ  हाल भक्तपुर नगरपालिका-९ चोखा बस्‍ने ३२ वर्षीय वसन्त दमाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

आरोपी दमाईले कमलविनायकस्थित कोठामा बसिरहेकी  १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौकामा फकाएर करणी गरेको भनी पीडितकी आमाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए । 
 
पीडितको स्वास्थ्य परीक्षण र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए । (रासस)