ओलीले सेटिङ छ भन्दै हार स्वीकारे : दाहाल
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेटिङ छ भन्दै हार स्वीकार गरिसकेको बताएका छन् ।
वुद्धिजीविहरूसँग आज संघीय संसद भवनमा विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा दाहालले ओली इमान्दार नभएकाले प्रतिनिधि सभा पुनःस्थापना भइहाल्छ भन्ने अवस्था नरहेको बताए ।
ओलीले स्वार्थका लागि जस्तोसुकै सहमति गर्न पछि नपर्ने उनको भनाइ थियो । ‘ओली बडो विचित्रको मान्छे हो। व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै सहमति गर्छन्,’ दाहालले भने, ‘जरूरी परेमा माधवजीको खुट्टा ढोग्न सक्छन् । सबै भयो जेपनि गर्छु भन्ने तर केही नगर्ने स्वभाव छ।’
प्रधानमन्त्री ओली गणतन्त्रप्रति पनि इमान्दार नभएको भन्दै उनले आफूले तीन वर्ष ओलीसँग संगत गरेर दुःख पाएको बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया