रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, ३ जनाको मृत्यु

रौतहट - गत बिहिबारदेखि परेको अविरल वर्षासँगै रौतहटका विभिन्न नदीमा आएको बाढीबाट १२ सय ४५ घर डुबानमा परेका छन् । आइतबार विभिन्न घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ वर्षिया आशा कुमारी साहको घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु भएको छ । यस्तै बौधिमाई नगरपालिका २ ईनरवाका १४ वर्षीय अनिल महतोको आफ्नै ट्युबवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अविरल वर्षासँगै बागमती, लालबकैयालगायत विभिन्न नदीमा आएको बाढीले जिल्लाको १८ स्थानीय तहमध्ये १३ वटा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
वर्षा बाढीबाट वृन्दावन, गढीमाई, माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया