राष्ट्रपति भण्डारीले पदको गरिमालाई नै समाप्त पारिन् : देउवा
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको लोत्सेहलमा बुद्धिजीवीसँग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपतिले पदीय गरिमालाई नै समाप्त पारेको बताए ।
संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै देउवाले बहुमत पुर्याएर प्रस्ताव लैजादा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्याए ।
संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निश्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्था अनुसार नै अदालतको फैसला आउनेमा आफूहरू विश्वस्त रहेको बताए । उनले अदालतले स्वतन्त्र न्यायलयको छवि कायम नै राख्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न गरे । उनले भने “रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?”
प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा सभापति देउवालाई लोकतान्त्रिक मुल्य मान्यता छोडेर प्रचण्डपथमा हिडेको भन्दै विपक्षी गठबन्धनमा सहभागी दलका शिर्ष नेतामाथि तिखो टिप्पणी गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया