सुजिताको हत्याबारे छानबिन गर्न महिला आयोगको माग

काठमाडौँ : राष्ट्रिय महिला आयोगले महोत्तरीको लोहारपट्टी नगरपालिका ७ की २६ वर्षीय सुजिता ठाकुरको शव खेतको खाल्डोमा भेटिएकोबारे सत्य तथ्य छानबिन गर्न माग गरेको छ । पीडितलाई न्याय दिइ दोषीलाई यथाशिघ्र कानुनको दायरामा ल्याउन आयोगले आग्रह गरेको छ ।
ठाकुर जेठ १९ गतेबाट बेपत्ता भएकी थिइन् । उनको माइती पक्षले देवर रुपेश ठाकुर, देउरानी रोमा ठाकुर र ससुरा पतिराम ठाकुरसहितले हत्या गरेको निवेदन दर्ता गरेको आयोगले जनाएको छ ।
गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र जिल्लास्थित प्रहरी प्रशासनसँग समेत पटक-पटक समन्वय गरी सोही आधारमा राष्ट्रिय महिला आयोगबाट असार ४ गत सदस्य विद्या कुमारी सिन्हाको नेतृत्वमा गएको अनुगमन टोलीले घटनाको स्थलगत अनुगमन गरेको थियो ।
प्रहरी प्रशासनले घटनाको जाहेरी दर्ता गर्न अस्वीकार गरिरहेको अवस्थामा आयोगको पहलमा प्रदेश २ स्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतको समन्वय र सहयोगमा जाहेरी दर्ता गराएको थियो । आयोगको निर्देशनको आधारमा प्रहरी प्रशासनले खोजी कार्य अघि बढाएको थियो ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया