एनएमबि बैंकद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन

काठमाडौँ- एनएमबि बैंक लिमिटेडले बैंकले विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ ।
असोज १३ गते विश्व मुटु दिवसको अवसरमा बैंकको ग्राहकहरू र समुदायकामा रहेका सदस्यहरूलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने बिश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।
उक्त कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वस्थ्य परिक्षण गरि मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्वपूर्ण जानकारीहरू उपलब्ध गराए । साथै, यसै कार्यक्रको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परिक्षणको महत्व बारे जानकारी प्रवाह गरिएको थियो ।

भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापा

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्…

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

प्रतिक्रिया