विपद्का बेला सरकारको भूमिका ठीक भएन भन्नु विरोधका लागि विरोधमात्रै हो - प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावकारी ढंगले उद्धार, राहत र पुनःनिर्माणका काम अगाडि बढ्ने बताएका छन् ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलन ओलीले प्राकृतिक विपद्पछिको उद्धार, राहतको काम छिटै सुरु भएको भन्दै अबको उद्धार, राहत र पुनःनिर्माणका काम अगाडि बढाउने बताएका हुन् ।
उनले उद्धारका नाममा सरकारको विरोध गर्नुभन्दा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । विपद्का बेला सरकारको भूमिका ठीक भएन भन्नु विरोधका लागि विरोधमात्रै भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकार जनताकै भएकाले विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गरे । उनले संयुक्त राष्ट्र संघको महासभामा जलवायु परिवर्तनले नेपालमा पुराएको असरका विषयमा स्पष्ट रुपमा विश्वमाझ जानकारी गराइएको बताए ।
त्यसअघि प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री द्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो ।

एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

प्रतिक्रिया