आफ्नो कमजोरी ढाक्नका लागि न्यायपरिषद्ले मविरुद्ध मुद्दा चलाउन खोज्यो - बार अध्यक्ष घिमिरे

काठमाडौँ - नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो कमजोरी ढाक्नका लागि न्यायपरिषद्ले आफूविरुद्ध मुद्दा चलाउन खोजेको बताएका छन् ।
सोमबार बार एशोसियसनमा पत्रकार सम्मेलन गर्दै घिमिरेले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आवाज उठाउँदा अपहेलनामा कारवाही गर्न सक्ने गरि न्यायपरिषद्ले तयारी गरेको बताए ।
हरिकृष्ण कार्कीको प्रतिवेदनले नै न्यायालयमा भ्रष्टाचार भएको देखाएको अवस्थामा त्यही विषयलाई बारले उठाउँदा न्यायपरिषद् बारमाथि खनिएको उनले बताए ।
आफूले दिएको अभिव्यक्तिको जिम्मेवारी आफूले लिने भन्दै उनले जुनसुकै मुद्दा खेप्न पनि आफू तयार रहेको स्पष्ट पारे । न्यायपरिषद्को कुनै पनि कदमले बार विचलित नहुने उनको भनाइ छ ।
उनले न्यायपालिका शुद्ध नभएसम्म बारको न्यायिक लडाई जारी रहने बताए ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया