दैलेखमा सहकारीले किसानलाई दियो घाँस काट्ने मेशिन
दैलेख : दैलेखको पौरखी कृषि सहकारी संस्थाले १५ जना किसान सदस्यलाई घाँस काट्ने मेसिन प्रदान गरेको छ । भगवतीमाई गाउँपालिका वडा नं ६ चिपिनका कृषकलाई ५० प्रतिशत अनुदान सहयोगमा घाँस काट्ने मेशिन वितरण गरिएको हो । सोमबार कृषि बिकास कार्यलय दैलेखका प्रमुख तिलक पाण्डेले सहकारीका अध्यक्ष नरबहादुर थापालाई मेसिन हस्तान्तरण गरेका हुन् ।
साथै एउटा पावर टिलर, बारी जोत्ने मेसिन, स्केचर मेसिन लगाएत सामग्री वितरण गरिएको छ । सामान भने सम्बन्धि एग्रोभेट सुर्खेतबाट गुणस्तरीय सामान उपलब्ध भएको अध्यक्ष थापाले बताए ।
आगामी दिनमा सबै किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन बृद्धि गर्ने उदेश्य रहेको सहकारीका उपाअध्यक्ष गणेश रोकायले बताए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया