बाढी–पहिरो र डुबान : दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

काठमाडौँ- बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ । २८ जना बेपत्ता र प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए । –रासस

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

आर्थिक सङ्कट झेल्दै ‘हाम्रो मायाघर’

भोलिदेखि दिक्तेलका मेयर भट्टराई आमरण अनसन बस्ने

सार्वजनिकस्थल सफाइ अभियानमा जुटे स्थानीय

पशुपति क्षेत्रमा ४५ वर्षपछि ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै

करोडौँको सरकारी भवन प्रयोगविहीन, भाडाको घरमा गाउँपालिका

दिसामा पाइने कीटाणु भेटिएपछि तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

प्रतिक्रिया