मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

काठमाडौँ- मिस टीनको फाइनलमा २० जना प्रतिष्पर्धी सहभागी हुने भएका छन् । सोमबार काठमाडौँ जेसिजले गरेको पत्रकार सम्मेलनमा मिस टीनको फाइनलमा २० जना प्रतियोगीहरू सहभागी हुने भएका हुन् ।
१९ औ संस्करण को “ मिस टिन नेपाल २०२४” लागि तीन चरणको अडिसनबाट २० जना किशोरीहरु छनोट भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने ले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने र विजेताले मिस नेपाल मा स्वत सहभागिता पाउने छन्
काठमाडौं जेसीजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टीनको आयोजना गर्दै आएको छ । मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेर सम्मका किशोरीहरु भएको काठमाडौँ जेसिजका अध्यक्ष एन्जिला खड्काले जानकारी दिइन् ।
खड्काका अनुसार किशोरीहरूको क्षमता अभिवृद्धि, सामाजिक एवम् सांस्कृतिक वृत्तिविकास तथा महिला सशक्तीकरणको लक्ष्यसहित मिस टीन नेपालको आयोजना हुन लागेको हो।
प्रतियोगिताको अडिसन राउण्डमा सहभागी ४८ जनामध्ये २० जना यस प्रतियोगिता का लागि चुनिएका हुन्। प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका मिस नेपाल २००५ कि विजेता सुगारिका के सीले निर्वाह गर्नेछिन्।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया