एमालेले राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौँ - नेकपा (एमाले)ले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको एमाले सचिवालय बैठकले मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा गर्ने निर्णय गरेसँगै पार्टीका तर्फबाट पनि ५० लाख रुपैया जम्मा गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न पनि बैठकले निर्देशन दिएको उनले बताए ।
त्यस्तै बैठकले घाइतेहरूको सहज उपचारका साथै राहतलाई प्रभावकारी बनाउन र अवरुद्ध सडक सुचारु गर्न पनि सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।
बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धि मुलक रहेको र औपचारिक र अनौपचारिक भेटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको निष्कर्ष निकालेको महासचिव पोखरेलले बताए ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुई पक्षीय भेटवार्ता र कार्यक्रमबारे बैठकलाई अवगत गराएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया