ललितपुर महानगरको स्वास्थ्य टिम औषधि वितरण गर्न वडा वडामा

ललितपुर - ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ ।
महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए ।
उनले भने, ‘ विपदपछि देखिन सक्ने स्वास्थ्य समस्या बुझ्न औषधिसहितको विज्ञसहित टिम वडामा परिचालन गरेका छौं । ’ सूचना अधिकारी गुरागाईंका अनुसार र्यापिङ रेस्पोन्स टिम अहिले वडा नं.१३, १४, १८, २५मा खटिएको छ ।
उनले भने,‘ अन्य वडामा पनि टिमका साथीहरू जानुहुन्छ । ’ कुनै पनि किसिमको अप्ठ्यारो, समस्या वा जिज्ञासा भए महानगरको हटलाइन नम्बर ११३१ सम्पर्क गर्न समेत उनले नगरबासीलाई अनुरोध गरे ।
महानगरपालिकाले जनस्वास्थ्य शाखाका मेडिकल इमर्जेन्सी टिम लिडर डा. छविन्द्र गैरेले पानी शुद्ध बनाउने औषधि लगायत ज्वरो, रूघाखोकी, सामान्य चोटपटकका औषधि वितरण गरेको जानकारी दिए ।
डा. गैरेले भने, ‘ बाढी आएपछि पानीका मुहानहरू प्रदूषित हुन सक्छन्, त्यसैले पानीको शुद्धीकरण अत्यावश्यक छ । ’ शुद्ध पानी पिउन अनुरोध गर्दै पानी शुद्ध बनाउने औषधि पनि दिएका छन् । ’ महानगरले मरेका जनावर कुहिँदा गन्ध आउन सक्ने तर्फ ध्यान दिदैं गन्ध आउन नदिन स्प्रे समेत विभिन्न ठाउँमा गरिरहेको जनाएको छ ।

प्रधानमन्त्रीकै अगाडि रेनुले भनिन्- विकास निर्माणमा राजनीति नगरौँ, भरतपुर सडक…

६ लेनको सडक उद्घाटनमा पुगिन् मेयर रेणु

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

काठमाडौँ महानगरले हटायो कवाडी संकलन केन्द्र
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै

प्रतिक्रिया