सहकारी छानबिन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने सभामुखको विश्वास

काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारी छानबिन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् ।.
बुधबार सिंहदरबारमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको काममा योगदान दिएकाहरुलाई सम्मान पत्र प्रदान गर्दै सभामुख घिमिरेले सरकारले प्रतिवेदन चाँडै कार्यान्वयन गर्ने र सहकारी क्षेत्रमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
कुनै व्यक्ति विशेष वा घटनमाथिमात्रै केन्द्रित नभइ समग्र सहकारी क्षेत्रको समस्या उजार गर्न समितिले सफलतापूर्वक काम गरेको उनले बताए ।
समितिले तीन महिना १५ दिनमा काम गरेर ऐतिहासिक महत्व राख्ने प्रतिवेदन तयार गरेकाले सम्मान गरिएको उनले बताए ।
त्यस्तै छानबिन समितिका संयोजक सूर्य थापाले सहकारी क्षेत्रमा देखिएको समग्र समस्यालाई प्रतिवेदनमार्फत उजागर गरिएको बताए ।
उनले प्रतिवेदन नपढिकनै विभिन्न टीका टिप्पणी हुने गरेकाले एकपटक पढेर धारणा बनाउन सुझाव दिए ।
प्रतिवेदनमार्फत जवाफदेहिताको माग गरिएको थापाले बताए ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया