एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा दिने

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।
एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणि चौधरीले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट सो सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका प्रतिनिधिमा १० र राष्ट्रिय सभामा ८ गरी १८ जना सांसद रहेका छन् ।
चौधरीले आफ्नो पार्टीका सांसदको १५ दिनको पारिश्रमिक कोषमा जम्मा गरिदिन संसद सचिवालयलाई पत्र लेखेका छन् ।

गगन थापा बाराबाट फर्केपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ : गगन थापा (भिडियो)

सरकारले गति लिन सकेन् : गगन थापा

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

प्रतिक्रिया