महिलाको चरित्र हत्या गर्ने युवक काठमाडौँको विमानस्थलबाट पक्राउ

काठमाडौँ- विदेशमा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–३ घर भएका २९ वर्षीय खगेन्द्र ऐरी रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । उनी इन्टरपोलबाट रेड नोटिस जारी भएका उनी मलेसियाबाट फर्कने क्रममा मंगलबार बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलासँग गोप्य तस्वीरहरु साटासाट गरेका थिए । पछि ती तस्वीहरु आफन्त र साथीहरुलाई पठाएर चरित्रहत्या गरेको प्रहरीको भनाइ छ ।
उनीहरुविरुद्ध पीडित महिलाले साइबर ब्यूरोमा २३ वैशाख २०७९ मा जाहेरी दिएकी थिइन् । त्यतिबेला उनी वैदेशिक रोजगारीमा मलेसिया पुगिसकेकाले उनीविरुद्ध इनटरपोलमार्फत रेड नोटिस जारी भएको थियो ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

यस्तो हुनेछ आज दिनभरको मौसम

१० बुँदे काठमाडाैँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय फायर सेफ्टी स…

एनी कुँवर पक्राउ

सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

राष्ट्रपति भवन अगाडि लघुवित्त-सहकारी पीडितको प्रदर्शन

प्रतिक्रिया