प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

काठमाडौँ - प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। समितिले राउतको सुनुवाइ बुधबार नै गरेको थियो।
समितिमा राउतले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आफूविरुद्ध परेका उजुरीको खण्डन गरेका थिए ।
संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो ।
बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल यही शनिबार सकिँदैछ । अब समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया