महिला भलिबलमा काठमाडौँले गण्डकीलाई हरायो

काठमाडौँ - जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।
बुधबार राति सम्पन्न खेलमा काठमाडौंले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
खेलको पहिलो सेट काठमाडौंले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौंले २५-२१ र चौथो सेट २५-१६ ले जितेको थियो ।
योसँगै काठमाडौंले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौँको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया