चनिकलाल भन्छन्— श्रीमतीले नजानु, भन्दै थिइन् , होइन भन्दै गएँ, मान्छे बचाएँ

ललितपुर - ललितपुर महानगरले नख्खु खोलामा आएको बाढीमा परेका दुई जनालाई उद्धार गर्ने चनिकलाल तामाङलाई सम्मानसहित पुरस्कृत गरेको छ ।
तामाङलाई बुधबार महानगरमा आयोजित कार्यक्रममा तामाङलाई नगर प्रमुख चिरीबाबु महर्जनले एक लाख नगदसहित सम्मानपत्र प्रदान गरे । महानगरको कार्यपालिकाको पछिल्लो बैठकले तामाङलाई सम्मानसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
नगर प्रमुख चिरीबाबु महर्जनले चनिकलाल तामाङको बहादुरीको प्रसंशा गरे । उनले भने, ‘ तपाईंले गर्नु भएको कामको जुन शब्दले प्रशंसा गरे पनि पुग्दैन, नगरबासी र नगरपालिकाको तर्फबाट धेरै धेरै धन्यवाद । ’ नगर प्रमुख महर्जनले चनिकलालले गरेको काम मानवताको उत्कृष्ट र अतुलनीय नमूना भएको बताए । असोज १२ गते नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको उद्धार गरेका थिए ।
चनिकलाल श्रेष्ठले बाढीसँगै बगिरहेकालाई उद्धार गर्दा अतुलनीय आत्मसन्तुष्टि मिलेको बताए । उनले भने, ‘ श्रीमतीले नजानु, नजानु भन्दै थिइन् , होइन म जान्छु भन्दै गएँ, मान्छे बचाएर फर्केँ । ’ सम्मान र पुरस्कारको लागि आफू बाढीले बगाएको मान्छे बचाउन उर्लदो खोलामा हाम नफालेको बताए । उनले भने, ‘ मलाई यस्तो सम्मान पाउँला भन्ने थाहै थिएन, मेरो काम देखेर सम्मान गर्नुभयो तपाईहरुलाई धेरै धेरै धन्यवाद ।
महानगरका प्रवक्ता राजु महर्जनले मानव जीवन रक्षाको लागि चनिकलालले गरेको कामको उच्च मूल्यांकन गर्दै महानगरले सम्मान सहित पुरस्कृत गरेको बताए ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया