मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी

काठमाडौँ- अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले कोलम्बसलाई पराजित गरेको छ ।
विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कोलम्बसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने लुइस स्वरेजले एक गोल गरेका थिए ।
त्यस्तै कोलम्बसका लागि डिएगो रोजी र चुचो हेर्नानडेजले एक एक गोल गरेका थिए । खेलको ८४औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि कोलम्बसले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।
यस खेलमा खेलको ६३औं मिनेटमा रुडी कामचोले रातो कार्ड पाएपछि कोलम्बस १० खेलाडीमा समिति भएको थियो ।
यो जितपछि इन्टर मियामीको ३२ खेलमा ६८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको कोलम्बसको ३१ खेलमा ५७ अंक रहेको छ ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया