धनुषामा निषेधाज्ञा खुकुलो

जनकपुरधाम : धनुषामा निषेधाज्ञा थप खुकुलो बनाउंदै एक साता थप गरिएको छ । मंगलबारदेखि लागू हुने गरी जिल्ला भित्र सवारी साधन सञ्चालन गर्न पाउने छुट दिइएको छ । जिल्लाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारीसाधन बाहेक जिल्लाभरि सार्वजनिक सवारीसाधन चलाउन पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाल बास्तोलाले जानकारी दिएका छन ।
यसअघि जिल्लामा दुई पांग्रे र रिक्सा लगायतका सवारी साधन मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको थियो । तर संक्रमणको दर घटदै गएपछि जिल्ला भित्र अन्य सवारी साधन पनि चलाउन पाउने निर्णय गरिएको प्रजिअ बास्तोलाले बताए ।
जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकबाट मंगलबारदेखि लागू हुने गरी पुनः असार २१ गतेसम्मको लागि निषेधाज्ञा बढाउने निर्णय गरिएको हो । अब धनुषामा सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुने भएका छन् । भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सुचारु गर्न दिने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया