बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने

गण्डकी - गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका लागि रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । अघिल्लो साता परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी, पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले बेपत्ताको खोजी, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
विपद्का कारण काठमाडाैँ उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै मुख्यमन्त्री पाण्डेले विपत्तिको सामना सबै मिलेर गर्नुपर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको बताए ।
यसअघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड सहयोग गरेको थियो । प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायत कार्यमा सङ्घीय सरकारसँग आवश्यक समन्वय गर्ने जनाएको छ ।
बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाईको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहेको समिति गठन गरिएको हो । समितिले प्रदेशभर विपद्ले पुर्याएको क्षतिको मूल्यांकन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन प्रदेश सरकारसमक्ष पेस गर्ने छ ।

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_J3qqksf6zr_dutz5wbuxnam7eq5pcnccomyuii24gcsv6mk3300ycnz66bcbdxqyqa3vxzo.jpg)
बागलुङमा बाढीले कति भयो क्षति ?

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_x6SVpbjHXV_tng82manaw7xfltljymjpyfgpfjplglikrvvshepz737t1afg7idpepdg9sg_z2hfXYZRLh_dfxme2tdjz1robcc3mbaxqnrvahnxupht3idzyd8slwfhtmyhrx445hldcf1.jpg)
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
_sDNZqylywN_7bnyujhws3loaznqtaggf50sg1dimhaanafi5y4tnfr6kkrg3mopzylbkrew_qpHE64Illt_wm9zbgiy4bmw0byttomvlz4r3qzqyb8heijh5jndwp9mzdwqixjv1v1o1fvl.jpg)
दुर्गम गाउँबस्तीमा इन्टरनेटको पहुँच विस्तार
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_tuuM41zclY_lqr9nqucbfks76giec3h5rok1mn3cydsdhmceuw5yhhenjgwdwy0segxi28i.jpg)
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति
_JheTF96IvN_hvoljlrjhba4av9arao1qcws8og4etpxyrqbpnxx7fu0v6tclqyzmng9dr5z_nvlr0h0vtd_phc4bqwrlzknliexhx9bhlunvlo6flsdobi4tivdvvyapvhtpbh7tl5zq9cn.jpg)
प्रतिक्रिया