गायक तथा संगीतकार माणिकरत्नलाई १ लाखसहित अजर–अमर सम्मान

काठमाडौं : गायक तथा संगीतकार आदरणीय माणिक रत्न स्थापितलाई संगीतकार संघले १ लाख १ सय ११ रुपैंयाँ नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । संघले सोमबार माणिकरत्नको घरमै गई सम्मानपत्र तथा नगद हस्तान्तरण गरेको जनाएको छ । संघले केही समय अघिदेखि सांगीतिक क्षेत्रमा लामो योगदान गरेका स्रष्टालाई अजर–अमर सम्मान प्रदान गर्दै आएको छ ।
बि सं १९९४ सालमा काठ्माडौको मख्खन टोलमा जन्मिएका माणिकरत्नले २००७ सालमा बालगीतमा स्वर प्रदान गरेर औपचारिक रुपमा गायन यात्रा सुरु गरेका थिए । उनका ‘त्यो खोलाको सङ्लो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आउ जुन कोठामा राति’ जस्ता दर्जनांै गीत लोकप्रिय छन् ।
२०१३ सालदेखि माणिकरत्नले प्रेमध्वज प्रधानसँग मिलेर थुप्रै गीतमा सहकार्य गरेका थिए । ‘प्रेम माणिक’ नामले कैयौँ कालजयी संगीत सिर्जना गरेको यो जोडीको सहकार्य रहेको ‘गोरेटो त्यो गाउँको’ प्रतिनिधी गीत हो । यो गीतको संगीत माणिकरत्नको हो भने आवाज प्रेमध्वजको ।
संघले महामारीका कारण सार्वजनिक कार्यक्रम नगरी घरमै गई सम्मान र नगद हस्तान्तरण गरेको थियो । सोमबार संघका संरक्षक शम्भुजित बास्कोटाको नेतृत्वमा प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानको समूहले ललितपुर खुमलटारस्थित निवासमा गई हस्तान्तरण गरेको हो ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया