सबैभन्दा धेरै रोपाई कर्णालीमा

काठमाडौँ : यस वर्षको असार १५ सम्म सबैभन्दा धेरै रोपाई कर्णाली प्रदेशमा भएको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको धान रोपाईको विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ दशमलव १४ प्रतिशत रोपाई सम्पन्न भएको छ ।
कर्णालीपछि सुदूरपश्चिममा ४८ प्रतिशत र लुम्बिनीमा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सबैभन्दा धेरै धान रोपाई हुने प्रदेश २ मा अहिलेसम्म १० प्रतिशत मात्रै रोपाई भएको छ । प्रदेश १ मा १७ प्रतिशत, बागमतिमा २१ र गण्डकीमा १५ प्रतिशत रोपाई सम्पन्न भएको छ ।
देशभर अहिलेसम्म २७ प्रतिशत रोपाई सम्पन्न भएको विवरणमा उल्लेख छ । यो गएको वर्षभन्दा ८ प्रतिशत कम हो । गएको वर्ष असार १५ गतेसम्म ३५ प्रतिशत रोपाई भएको थियो । नेपालमा १३ लाख हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ ।
यस वर्ष मनसुन समयमै सुरु भएपनि पर्याप्त मात्रामा धान रोपाई हुन सकेको छैन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया