जनकपुरधाममा अत्याधुनिक शौचालय निर्माण गरिने

महेन्द्रनगर (धनुषा)- मधेश प्रदेश सरकारले जनकपुरधाममा तीनवटा अत्याधुनिक शौचालय निर्माण गर्ने भएको छ । प्रदेश राजधानीसमेत रहेको यहाँ पर्यटकीय विकास तथा विस्तारका लागि सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत रु तीन करोडको लागतमा शौचालय निर्माण गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहन साहले जानकारी दिए ।
शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानसमेत पहिचान गरिएको उनले बताए । शुक्रबार उपाध्यक्ष साहसहित जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित्त सचिव सुशील साहलगायत व्यक्ति सम्मिलित टोलीले जनकपुरधाम बसपार्क, राम मन्दिरको दक्षिणी भाग र कभर्डहल तथा मणिपालको बीचमा शौचालयका लागि जग्गा पहिचान गरिएको हो ।
यसैगरी उपाध्यक्ष साहसहितको टोलीले जनकपुरधाममै सांस्कृतिक पर्यटकीयपार्क निर्माणका लागि तिरहुतिया गाछीमा जग्गा यकिन गरेको छ । खुला जिमसहितको पार्क निर्माणका लागि प्रदेश सरकारले रु ४० लाख विनियोजन गरेको जनाइएको छ । -रासस

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया