एसिया रग्बीमा नेपाल पराजित

काठमाडौँ- एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा नेपालको पुरुष टिम बहराइनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको पुरुषतर्फको खेलमा नेपाल बहराइनसँग ७–२७ को स्कोरमा पराजित भएको हो ।
प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो । यसअघि भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ०–२४ को स्कोरले पराजित भएको थियो ।
आजै भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको छ । चाइनिज ताईपेइले अफगानिस्तालाई २६–७ को स्कोरमा पराजित गर्यो ।
त्यस्तै पुरुषतर्फ भारतले श्रीलङ्कालाई २९–१० को स्कोरमा पराजित भएको थियो भने जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो । भोलिसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्थान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनिज ताईपेइ र श्रीलङ्का रहेका छन् ।
प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ । यसैगरी आजै भएको महिलातर्फको खेलमा नेपाल ग्वामसँग ५–१७ को स्कोरमा पारजित भएको छ । यो नेपालको दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ३२–० को स्कोरमा पराजित भएको थियो । महिलातर्फ आयोजक नेपालसहित, फिलिपिन्स, भारत, ग्वाम, श्रीलङ्का, इरान, उज्वेकिस्तान र इन्डोनेसिया सहभागी छन् । ---

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

प्रतिक्रिया