महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने

काठमाडौँ- जारी एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने भएका छन् ।
लिग चरणका खेल सकिएसँगै शीर्ष दुई स्थानमा रहेका कर्णाली र ललितपुर फाइनलमा भिड्ने भएका हुन् ।
गएराती सम्पन्न खेलमा कर्णालीले काठमाडौँ स्पाइकर्सलाई ३-१ को सेटमा हराएको थियो ।
यो जितपछि कर्णालीको ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै ललितपुरको ५ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ र फाइनलमा पुगेको छ ।
त्यसैगरी हारसँगै काठमाडौँको ५ खेलमा ९ अंक रहेको छ र तेस्रो स्थानमा रहँदै फाइनलको दौडबाट बाहिरिएको छ ।
त्यस्तै चितवन शक्तिको ५ खेलमा ७ अंकसहित चौथो स्थानमा रहेको छ र गण्डकी थण्डर्सको ५ खेलमा ६ अंक रहेको छ । त्यस्तै मधेश युनाइटेड भने पाँचै खेलमा हार बेहोरेको थियो ।
अब फाइनल खेल आज दिउँसो साढे ५ बजे कर्णाली र ललितपुरबीच हुनेछ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया