क्यानडामा नेपाल अभ्यास खेलमा पनि पराजित

काठमाडौँ- नेपाल एचटी क्यानडासँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ । गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको हो ।
क्यानडामा सम्पन्न लिग- २ सिरिज र त्यसपछि टी-२० सिरिजको असफलतापछि पनि नेपालको हारको सिलसिला रोकिएको छैन । नेपालले लिग-२ सिरिजमा केबल १ अंक जोडेको थियो भने टी-२० सिरिजमा २ खेल ओमानविरुद्ध जितेको थियो ।
नेपालले यो अभ्यास खेल सोमपाल कामीको कप्तानी खेलेको थियो । नेपालले दिएको १४४ रनको लक्ष्य पछाएको एचटी क्यानडाले ३६ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि नेपाल ३९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको थियो ।
नेपाल र एचटी क्यानडाबीचको दोस्रो अभ्यास खेल आज राति र तेस्रो खेल मंगलबार खेल्दै छ ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया