‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक

काठमाडौँ - आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ ।
शनिबार सार्वजनिक गरिएको ट्रेलरमा दीपकराज गिरीले घुस नखाने सरकारी कर्मचारीको भूमिकामा रहेको बुझ्न सकिन्छ । त्यस्तै केदार घिमिरे, वर्षा सिवाकोटी, राजाराम पौडेल लगायतको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।
‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सुपरहिट भएका थिए । पाँचौं सिरिज भने दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया