जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेपाल

जनकपुर- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
“अविरल वर्षा र बाढीका कारण देशवासी आक्रान्त छन् । सरकारले प्राथमिकताका आधारमा विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छ”, शनिबार धनुषाको लालगढमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले भने ।
बाढी र पहिरोले घरबारविहीन बनेका नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको काम गम्भीरतापूर्वक गर्नुपर्ने सुझाव दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वर्षाको सम्भावना अझै बाँकी रहेकाले जनता तथा सरकार सचेत हुनुपर्नेमा जोड दिए ।
बाढीपहिरो जस्ता विपद्बाट जनधनको सुरक्षा गर्न पूर्वतयारी कम हुँदा धेरै क्षति भएको बताउँदै अध्यक्ष नेपालले भने, “कुनै ठाउँमा पहिरो जान सक्ने कुनै ठाउँमा भुस्खलन हुनसक्ने, कुनै ठाउँमा तटबन्ध अझै तोड्न सक्ने सम्भावना भएकाले यस्ता जोखिम न्यूनीकरण गर्न सरोकार भएका सबे सचेत हुनु जरुरी छ ।”
मधेस प्रदेशको तीन ठाउँमा उपनिर्वाचन हुन लागेका बताउँदै अध्यक्ष नेपालले पार्टीका जिल्लाजिल्लामा पनि अधिवेशन गरेर केन्द्रीय अधिवेशनको तयारी भइरहेको जानकारी दिए । उनले उपनिर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया