फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा माटेओ कोभाकिकले २ गोल गरेका थिए भने जेरेमी डोकुले एक गोल गरेका थिए । त्यसैगरी फुलह्यामका लागि आन्द्रेज पेरेइरा र रोड्रीगो मुनिजले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी फुलह्यामको ७ खेलमा ११ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया