'भारतसँग खेल्दा दबाब महसुस भएन'

काठमाडौं : अस्ट्रेलियाले भारतविरुद्ध जित दर्ता गर्दा प्रभावशाली प्रदर्शन गरेका स्टिभ स्मिथले भ्रमणकारी टीमसँग खेल्दा खासै दवाबको सामना गर्नु परेको बताएका छन् । सिड्नीमा भएको खेलमा ब्याट्सम्यान स्मिथले ६६ बलको सामना गर्दै १ सय पाँच रन बनाएका थिए । स्मिथको शतकसँगै घरेलु टीम अस्ट्रेलियाले पहिलो ओडिआईमा भारतलाई ६६ रनले पराजित गर्यो ।
‘यस खेलमा मैले बलियो लय समाते । तर भारतसँग खेल्दा हुने दवाब यो पटक महसुस भएन,’ खेलपछि स्मिथले भने । भ्रमणकारी टीमविरुद्धको जितमा अस्ट्रेलियन कप्तान एरोन फिन्चले डेभिड वारनरसँग मिलेर १ सय ५६ रनको साझेदारी बनाए । जसका कारण अस्ट्रेलिया बाँकी खेलमा आत्मविश्वासी देखियो ।
यता स्मिथले कप्तान फिन्च र वारनरले टीमका लागि बलियो सुरुवात गरेकाले पनि आफुले निर्धक्क खेल्न सकेको बताए । ‘फिन्च र वारनरले खेलमा जितका लागि जग बसालिसकेको अवस्थामा मैले ढुक्कसँग ब्याटिङ गर्न पाएकाले नै शतक हिर्काउन सकेको हो,’ स्मिथले भने ।
ओपनिङ राम्रो भएका कारण पनि खेलमा अरुबेला जस्तो आफुलाई दवाब महसुस नभएको स्मिथको भनाई थियो । ‘टीम दवाबमा भएका बेला आफ्नो लय जति नै बलियो भएपनि दवाब महसुस हुन्छ नै । त्यस्तो अवस्थामा टीमका लागि आफुले ‘एन्कर’ को भुमिका निर्वाह गनुपर्ने हुन्छ । तर यस पटक खेल फरक तरिकाले अघि बढ्यो,’ स्मिथले थपे । तीन खेलको श्रङखलामा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ । अब दोस्रो खेल आइतबार हुनेछ । (अन्तराष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया