एनपीएलको खेलाडी अक्सन आज

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन आज हुदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज दिउँसो २ बजेदेखि एनपीएलको खेलाडी अक्सन हुने भएको छ ।
अक्सनका लागि १४२ खेलाडी छनौट गरिएको छ । क्यानका अनुसार कुल ४२६ खेलाडीले आफ्नो नाम दर्ता गराएकोमा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनमा सहभागी गराएको छ ।
नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो । अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन् । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ ।
एनपीएलमा सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन् ।
यसअघि एनपीएलका फ्रेन्चाईजीका मार्की खेलाडी छानिएको छ । जसमा करण केसी काठमाडौँ फ्रेन्चाईजीका मार्की खेलाडी बनेका छन् भने कुशल भुर्तेल पोखराको मार्की खेलाडी बनेका छन् । त्यसैगरी कुशल मल्ल चितवनको मार्की खेलाडी बनेका छन् भने सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बनेका छन् ।
त्यस्तै राष्ट्रिय टिमका कप्तान रोहित पौडेल लुम्बिनीको मार्की खेलाडी बनेका छन् भने आसिफ सेख जनकपुरको मार्की खेलाडी बनेका छन् । त्यस्तै सोमपाल कामी कर्णालीको र दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी बनेका छन् ।
क्यानले मार्की खेलाडीको पारिश्रमिक २० लाख हुने जानकारी दिएको छ ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_6qXmQddoOh_ulhaeidvc2ceb0mb8v2nzxpsmklqoyitc3zwajluvdebnokrxccmmvdqgonb.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया