इशानको योग पार्टनर अनन्या पाण्डे

मुम्बई : इशान खट्टर शाहिद कपुरका भाइ हुन् । ‘धडक’बाट डेब्यु गरेका उनले ‘खाली पिली’, ‘बियोन्ड दि क्लाउड्स’, ‘सुटेबल ब्वाई’ आदि फिल्ममा काम गरेका उनको ‘फोन भूत’ प्रदर्शन हुन बाँकी छ ।
आफूलाई मध्यम वर्गीय मूल्य मान्यताका साथ हुर्किएको बताउने इशान बेलाबखत फ्यानसँग अन्तक्र्रिया गर्छन् । यसै क्रममा सोमबार गरेको अन्तक्र्रियामा भने उनले नयाँ कुराको खुलासा गरेका छन् । त्यो हो, उनको योग पार्टनर ।
इशान खट्टरले बेलाबखत योग गर्ने गरेका तस्बिर राख्ने गरेका छन् । उनको स्वस्थ्य हुने यो शैलीको बारेमा फ्यान पनि जानकार छन् । त्यसैले जब इशान फ्यानसँग ‘आस्क मी एनिथिङ’ सेसनअन्तर्गत कुरा गर्न थाले, एक जना फ्यानले ‘तपाईंको योग पार्टनर को हो ?’भनेर सोधे । उनले अनन्या पाण्डे आफ्नो योग पार्टनर भएको जवाफ दिए । यसो गर्नलाई उनले अनन्याको सानो बेलाको तस्बिर राखेका थिए ।
इशान र अनन्या गहिरो प्रेममा रहेको चर्चा चलेको लामै समय भएको बेला दुवैले यसलाई सकार्ने गरी कुनै अभिव्यक्ति दिएका थिएनन् । तर, इशानले अनन्यासँगै योग गर्ने गरेको जवाफ दिएर अफेयरको खबरलाई लालमोहर लगाइदिएका छन् ।
इशान र अनन्याको अफेयर भने ‘खाली पिली’को सेटबाट सुरु भएको थियो । पछि उनीहरू माल्दिभ्समा सँगै देखिएका थिए । अनन्यासँग नाम जोडिनु अघि भने इशान जान्हवी कपुरसँग अफेयरमा रहेका थिए । पछि जान्हवीले ब्रेकअप दिएको हल्ला चलेको थियो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया