इजरायलद्वारा सिरियामा रहेको इरानी अटोमोबाइल कारखानामा आक्रमण

काठमाडौँ - सिरियाको मध्य प्रान्त होम्समा रहेको इरानी अटोमोबाइल कारखानामा आइतबार तीनवटा इजरायली क्षेप्यास्त्रले प्रहार गरेको सिरियन मानव अधिकार संस्थाले जनाएको छ ।
इजरायलले होम्सको दक्षिणी ग्रामीण इलाकामा रहेको हस्या औद्योगिक क्षेत्रस्थित कारखानामा हवाई आक्रमण गरेको हो ।
आक्रमणको समयमा कारखाना खाली भएकाले आक्रमणको कारण पुष्टि हुनसकेको छैन ।
सिरियाको सरकारी टिभीले हस्याको एउटा कारखानाबाट विस्फोटको आवाज सुनिएको र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएको छ ।
इजरायलले इरान र लेबनानको हिजबुल्लाहसँग जोडिएका स्थानलाई लक्षित गर्दै सिरियामा बारम्बार हवाई आक्रमण गरिरहेको छ ।

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया