एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख सुदूरपश्चिम रोयल्समा आबद्ध भएका छन् । आइतबार भएको अक्सनमा सेखलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो ।
ग्रेड ए मा रहेका सेखलाई किन्न अक्सनमा तीनवटा टिमले बोलकवल गरेका थिए ।
उनका लागि अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा सेखलाई उच्चतम मूल्य १५ लाख सुदूरपश्चिमले किनेको हो ।
त्यस्तै टी-२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अविनाश बोहोरा पनि सुदूरपश्चिम बाट खेल्ने भएका छन् । अविनाशका लागि सुदूरपश्चिमले १२ लाख खर्च गरेको हो ।
सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया