बालेनसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेटवार्ता

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ (२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना गरेको विश्वकप फुटबल व्यवस्थापनको प्रशंसा गरेका छन् ।
शिष्टाचार भेटका लागि आएका नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीसँगको कुराकानी गर्दै प्रमुख शाहले भने, ‘विश्वकप खेल सञ्चालन गर्न कतारमा निर्माण गरिएको रंगशालाको अन्तराष्ट्रिय स्तरमा ख्याति रहेको छ ।’
खेलजस्तै नागरिक स्तरमा तत्काल र प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमका लागि संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने प्रमुख शाहको भनाइ थियो ।
त्यस क्रममा राजदूत अली अन्सारीले प्रमुख शाहको कार्यशैलीको प्रशंसा गरेका थिए । उनले कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको उल्लेख गर्दै भने, ‘कतारमा धेरै नेपाली हुनुहुन्छ । उहाँहरुले हाम्रो विकासमा सघाइरहनु भएको छ । कतारियनहरु पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक हुनुहुन्छ ।’
भेटका क्रममा काठमाडौँ महानगरपालिका र दोहा नगरबीच भगिनी सम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा कुराकानी भएको थियो ।
त्यस क्रममा प्रमुख शाहले शान्तिका प्रतीक गौत्तम बुद्धको मूर्ति मित्रताको चिनो स्वरूप उपहार दिएका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया