नोट्टीङघमसँग बराबरीमा रोकियो चेल्सी

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी नोट्टीङघम फोरेस्टसँग बराबरीमा रोकिएको छ ।
गएराती भएको खेलमा चेल्सी र नोट्टीङघम फोरेस्ट १-१ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा चेल्सीका लागि नोनी माडुएकेले गोल गरेका थिए भने नोट्टीङघमका लागि क्रिस वूडले गोल गरेका थिए ।
यस खेलमा खेलको ७८औ मिनेटमा जेम्स वार्ड प्रोजले रातो कार्ड पाएपछि नोट्टीङघम १० खेलाडीमा सिमित भएको थियो ।
यो बराबरीपछि चेल्सीको ७ खेलमा १४ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यसैगरी नोट्टीङघमको ७ खेलमा १० अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया